लुम्बिनीमा डेंगी संक्रमितमध्ये पाल्पा सबैभन्दा बढी प्रभावित, ६ महिनामा १२० केस

श्रावण ८, २०८२ |माधव अर्याल
लुम्बिनीमा डेंगी संक्रमितमध्ये पाल्पा सबैभन्दा बढी प्रभावित, ६ महिनामा १२० केस

पाल्पा । डेंगी संक्रमितको संख्या लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै देखिएको छ ।

प्रदेशका १२ जिल्लामध्ये पाल्पामा पछिल्लो ६ महिनामा १ सय २० जनामा डेंगी संक्रमण देखिएको हो । पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्तपाल, लुम्बिनी मेडिकल कलेज लगायतमा आएका बिरामीमा डेंगी संक्रमण देखिएको कार्यालयले जनाएको छ । 

पछिल्लो पुस महिनाको दोस्रोसाता यता लुम्बिनी प्रदेशमै डेंगी संक्रमण वृद्धि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत तथा सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयाे । 

लुम्बिनी प्रदेशका तराईका रूपन्देहीमा ७०, बाँकेमा २७, दाङमा ५८, बर्दियामा ११ जना र कपिलवस्तुमा ८ जनामा डेगी संक्रमण देखिएको छ । गुल्मीमा ३२, पश्चिम नवलपरासीमा ८, अर्घाखांचीमा १६, रोल्पा र प्यूठानमा ७-७, रूकुम पश्चिममा ३ जनामा देखिएको निर्देशनालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सरकार, स्थानीय तहले डेंगी नियन्त्रणमा वर्षेनि लाखौ खर्च गरे पनि संक्रमणमा भने कमी आउन सकेको छैन । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।