काठमाडौं । पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको छ ।
यसअघि प्रसुती तथा सामान्य प्रकारको शल्यक्रिया भएपनि पहिलो पटक बिरामीलाई पुरै बेहोस पारेर शल्यक्रिया गरिएको यो पहिलो पटक हो ।
उपकरण भएपनि विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रूपन्देही तथा अन्य जिल्लाका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता थियो । तर, अहिले शल्यक्रियाका लागि आवश्यक चिकित्सक र स्वास्थ्यकर्मी भएपछि शल्यक्रिया सेवा पनि सुरू गरेको हो ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नुरूल होदाकाअनुसार पाल्हिनन्दन गाउँपालिकाका २५ वर्षका युवकको पित्तथैलीमा रहेको १३ दशमलव ५ मि.मि. आकारको पत्थरी निकालिएको हो ।
उपकरण यस नै थियो भएपनि जनशक्ति अभावमा अस्पतालमा शल्यक्रिया भएको थिएन् । जनरल सर्जन डा. अब्दुल हकिमल, एनेस्थेसियन डा.सबा खान ,मेडिकल अफिसर डा. विजय प्रकाश साहानी , गीता चुदाली , कोमल साहानी ,गुन महतो लगायतको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको थियो ।