बर्खासँगै संक्रमण बढ्दो; सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

असार ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बर्खासँगै संक्रमण बढ्दो; सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । बर्खा लागेसँगै झाडापखाला, टाइफाइड, हैजालगायतको संक्रमण देखिन थालेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यसबाहेक कोभिड-१९ र डेंगीको संक्रमण पनि बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार अहिले नेपालमा कोभिडका ३० जना सक्रिय संक्रमित छन् । यसैगरी जनवरीदेखि अहिलेसम्म १५ सय जनामा डेंगी संक्रमण देखिएको छ भने ७३ जिल्लामा डेंगी पुष्टि भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष डेंगी संक्रमितको संख्या ५० प्रतिशतभन्दा कम रहेको मन्त्रालयले जनाएको छ। यसैगरी बिहीबार साउदी अरेबियाबाट आएका एक जनामा एमपक्स संक्रमण देखिएकामा उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको समेत मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.