काठमाडौं । स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
आइतबार काठमाडौंको माईतीघर मण्डलामा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले प्रदर्शन गरेको हो । उनीहरूले करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतलाई स्थायी पद कायम गर, त्रुटीपूर्ण ओ एण्ड एम सर्भे संशोधन गर, स्वास्थ्य सेवा व्यवस्थापनको आवद्धता अस्पतालको सेवामा चुस्तता, स्वास्थ्य सेवा व्यवस्थापकको लोक सेवामा स्थायी दरबन्दी श्रृजना गर लगायतका प्लेकार्ड र नारा लगाइ विरोध जनाएका हुन् ।
आफूहरू स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी सुनिश्चित नभएसम्म आन्दोलनमा रहने बताएका छन् ।