भक्तपुरको सुर्यविनायक जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा

जेष्ठ ३१, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरको सुर्यविनायक जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा भएको छ । 

पुर्ण खोप लगाए-नलगाएको जनस्वास्थ्य कार्यालयले अनुगमन गरी प्रतिवेदन दिइसकेपछि मात्र विश्व स्वास्थ्य संगठन डब्लुएचओ खोप सर्भनेन्स अफिसर डा. सागर शाक्यले र जनस्वास्थ्यका प्रमुख अञ्जना खड्काको उपस्थितिमा पुर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा गरिएको हो । 

सुर्यविनायक नगरपालिकाले आयोजना गरिएको खोप सुनश्चितता तथा दिगोपन नगरपालिका घोषणा गर्दै प्रमुख बासुदेव थापाले बालबालिकालाई खोपले रोगसँग लड्ने क्षमताको विकास गर्ने बताउनुभयो । 

खोप सुनिश्चिताका लागि नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन गरिने उहाँकाे भनाइ छ । उहाँले सुर्यविनायक नगरपालिकाले भौतिक विकास निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताउनुभयो । 

नगरपालिकका भित्र रहेका बालबालिकालाई खोप लगाउन कोहि पनि नछुटुन भन्दै वैशाख महिना भर घरघरमै स्वास्थ्य स्वयम् सेविकाहरू गएर खोज र खोप अभियान सञ्चालन गरेका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईँले जानकारी दिनुभयो । 

नगरपालिका भित्र जन्मेदेखि १५ महिनासम्मका १४ सय ५५ जना बालबालिकाहरूलाई पुर्ण खोप लगाईसकेको र १६ देखि २३ महिनासम्मका १३ सय ५३ जना बालबालिकाहरूलाई पुर्ण खोप लगाइसकेको उहाँले बताउनुभयो । 

नगरपालिकाले मानिस जन्मेदेखि बुढेसकालसम्म नै गर्नुपर्ने काम र विभिन्न सेवाहरू दिइँदै आएको समाजिक विकास प्रमुख रविन्द्र सापकोटाले बताउनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।