नेप्से परिसूचक ३२ अङ्कले घट्यो

फाल्गुन २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेप्से परिसूचक ३२ अङ्कले घट्यो

काठमाडौं । सेयरबजार परिसूचक नेप्से मंगलबार ३२ दशलमलव शून्य-आठ अंकले घटेर २८ सय ४३ अंक कायम भएको छ । 

सोमबार ६ प्रतिशतको वृद्धि र तीन पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको सेयरबजार मंगलबार खुल्दा भने नाफा बुक गर्नेहरूको होडका कारण घटेको छ । सोमबार नेप्से परिसूचक १ सय ६२ अंकले बढेको थियो भने बजारमा ५५ करोडको मात्रै कारोबार हुन पाएको थियो । तर मंगलबार भने २१ अर्ब ५० करोडको कारोबार भएको छ । 

यो आठ महिना यताकै उच्च कारोबार हो । गत साउन ११ गते सेयरबजारमा २६ अर्बको कारोबार भएको थियो । पछिल्लो एक महिनामा कारोबार ८ देखि ११ अर्ब हाराहारीमा सीमित रहेकामा मंगलबार भने कारोबार ह्वात्तै बढेको हो । मंगलबार ५ करोड २७ लाख कित्ता सेयर २ लाख ५ हजार पटक किनबेच भएको छ । र, घटेको बजारमा पनि रिलायन्स स्पिनिङ मिल्स, साल्पा बिकास बैंक र थ्रि-स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । तर हिमस्टार ऊर्जा कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ता भने गुमाउनेको अग्रस्थानमा रहेका छन् । 

सबैभन्दा बढी कारोबार भने ङ्यादी ग्रुप पावर, आखुखोला जलविद्युत आयोजना र अपि पावर जलविद्युतको भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.