भक्तपुरलाई प्रदेशकै पहिलाे पूर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा गरिने

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भक्तपुरलाई प्रदेशकै पहिलाे पूर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा गरिने

भक्तपुर । भक्तपुर बागमती प्रदेशकै पहिलाे पूर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा हुने भएकाे छ । भक्तपुरमा आज भएकाे जिल्ला खाेप समन्वय समितिकाे कार्यक्रममा जनस्वास्थ कार्यालय प्रमुख अन्जना खड्काले जिल्लालाई पूर्ण खाेप सुनिश्चित घाेषणा गर्ने तयारी गरिएकाे बताउनुभयाे । 

भक्तपुरका चार वटै पालिकाका वडाहरू समेत पूर्ण खाेप सुनिश्चित घाेषणा भएका छन् ।

भक्तपुरमा हाल २३ महिनासम्मका केवल २ जना बालबालिकाले खोप नै नलगाएको र १९ जनाले खाेप लगाएर बीचमै छाेडेकाे तथ्यांक रहेकाे प्रमुख खड्काले बताउनुभयाे । विषेशगरी बसाइँसराइ र राेजगारकाे सिलसिलामा जिल्लामा बसाेवास गरेका परिवारका बालबालिकामा याे समस्या रहेकाे उहाँले बताउनुभयाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.