रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते, दुईकाे अवस्था गम्भीर

जेष्ठ ८, २०८२ |नवराज श्रेष्ठ
रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते, दुईकाे अवस्था गम्भीर

रामेछाप । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौँ जाँदै गरेको एम्बुलेन्स खाँडादेवी गाउँपालिका-३ को चार घरे जङ्गलमा आज दिउँसो दुर्घटना भएको हो । 

एम्बुलेन्स चार घरे जङ्गलस्थित सडकबाट एक सय मिटर तल खस्दा तीन जना घाइते भएका छन । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको खाँडादेवी गाउँपालिका-३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिनुभयो । 

वडा अध्यक्ष कार्कीकाअनुसार दुर्घटना स्थलमा अहिले स्थानीय र प्रहरी पुगेका छन । दुर्घटनाको पुरा विवरण आउन बाँकी छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।