प्रा.डा. सरोजप्रसाद वझानथाक्षेंको पुस्तक 'मनोस्वास्थ्य' सार्वजनिक

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रा.डा. सरोजप्रसाद वझानथाक्षेंको पुस्तक 'मनोस्वास्थ्य' सार्वजनिक

काठमाडौं । मनोचिकित्सक प्रा.डा. सरोजप्रसाद वझानथाक्षेंको मनोस्वास्थ्य सम्बन्धी कृति सार्वजनिक भएको छ ।

मनोचिकित्सक डा. सरोजप्रसादले आफ्नो २५ वर्षको अनुभवलाई समेटेर ‘मनोस्वास्थ्य’ नामक पुस्तक लेख्नुभएको हो । पुस्तकमा मानसिक स्वास्थ्यका समस्याहरु, मनोसामाजिक अवस्था, मानसिक रुपमा कसरी स्वस्थ रहने लगायतका विषय समावेश गरिएको छ ।

मनोचिकित्सक वझानथाक्षेंले नेपाली समाजलाई मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन तथा सकारात्मक मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पुस्तक उपयोगी हुने बताउनुभयो । उहाँ त्रिवि शिक्षण अस्पतालको मनोचिकित्सा विभागका प्रमुख हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.