काठमाडौं । दन्त प्रत्यारोपण सम्बन्धी ४ दिने अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । विश्वभरका दन्त चिकित्सक भेला गराएर नेपाली डेन्टिस्टलाई नयाँ ज्ञान र सीप सिकाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
नेप्लिज सोसाइटी अफ इम्प्लान्ट डेन्टिस्ट्रीले आयोजना गरेको सम्मेलनमा १२ वटा देशका ३ सय दन्त चिकित्सक सहभागी थिए ।
नेपालमा दन्त प्रत्यारोपण अभ्यास २० वर्षअघि नै सुरु भएकोमा अहिले प्रविधिको विकाससँगै विस्तार हुँदै गएको छ ।