काठमाडौं । काठमाडौंमा दुई दिने छाला, यौन तथा कुष्ठरोग विशेषज्ञहरूको सम्मेलन सम्पन्न भएको छ ।
छाला, यौन तथा कुष्ठरोग विशेषज्ञहरूको संस्था सोढभेलोनले शुक्रबार र शनिबार १९ औं छाला, यौन तथा कुष्ठरोग सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा छाला, यौन तथा कुष्ठरोगमा क्षेत्रमा भएका नवीनतम खोज, अनुसन्धान तथा अनुभवहरू आदानप्रदान गरिएको छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले बताउनु भयो ।
कार्यक्रममा वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर द्वारिकाप्रसाद श्रेष्ठलाई छाला रोगको उपचारमा योगदान पुर्याएकोमा सम्मान समेत गरिएको थियो । सम्मेलनमा नेपालसहित १५ वटा देशका ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए ।