देशभरका स्वास्थ्य उपकरणबारे अध्ययन गर्दै स्वास्थ्य सेवा विभाग

चैत्र १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशभरका स्वास्थ्य उपकरणबारे अध्ययन गर्दै स्वास्थ्य सेवा विभाग

काठमाडौं । स्वास्थ्य सेवा विभागले देशभर रहेका स्वास्थ्य उपकरणको स्थितिका विषयमा पुनः अध्ययन थाल्ने जनाएको छ ।

अमेरिकी सहयोग नियोग(युएसएआडी)को सहयोग रोकिएसँगै स्वास्थ्य उपकरणको अवस्थाबारेको सर्वेक्षण पनि रोकिएकोमा वैकल्पिक स्रोत जुटाएर अध्ययन गरिने विभागले जनाएको हो ।

देशभरका स्वास्थ्य उपकरणको अवस्थाबारे बेखबर रहेको भन्दै आलोचना भएपछि विभागले प्रक्रिया पुनः अघि बढाइने जनाएको हो । यस्तै, विभागले अब खरिद प्रकिया पारदर्शी ढंगले अघि बढ्नेसमेत जनाएको छ ।

विभागमा हुँदै आइरहेको खरीद प्रकिया विवादास्पद रहँदै आएकाले त्यसलाई सुधार्ने म्यान्डेट लिएर आएको महानिर्देशक टंक बाराकोटीको भनाइ छ ।

खराब नियतले भएका टेन्डरहरु रद्द गर्ने गरिएको उहाँले बताउनुभयो । विभागले बर्सेनि १ अर्ब बराबरका स्वास्थ्य उपकरण खरिद गर्ने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.