फागुन महिनाभर नसर्ने रोगको नि:शुल्क परीक्षण

माघ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
फागुन महिनाभर नसर्ने रोगको नि:शुल्क परीक्षण

काठमाडौं । स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगको नि:शुल्क परीक्षण अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयले कार्यविधि नै बनाएर फागुन महिनाभर नसर्ने रोगको परीक्षण अभियान सञ्चालन गर्न लागेको हो । 

नसर्ने रोगमा मिर्गौला रोग, तौल र उचाइको अनुपात, उच्च रक्तचाप र मधुमेहको अवस्थाका बारेमा परीक्षण हुनेछ । हरेक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूबाट नै ३० वर्षमाथिका व्यक्तिको निःशुल्क परीक्षण हुने मन्त्रालयले जनाएको छ । परीक्षणका क्रममा समस्या देखिए त्यही उपचार वा त्यहाँ सम्भव नभए अन्य स्वास्थ्य संस्थामा उपचारका लागि सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० वर्षमाथिको जनसंख्या करिब १ करोड ४१ लाख छ । नेपालमा कुल मृत्युको झन्डै ७० प्रतिशत नसर्ने रोगका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement