स्वास्थ्य मन्त्रालयले सुरु गरेको 'हेल्लो हेल्थ' सेवामा २४ घण्टाभित्रै २२ वटा गुनासो

मंसिर २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य मन्त्रालयले सुरु गरेको 'हेल्लो हेल्थ' सेवामा २४ घण्टाभित्रै २२ वटा गुनासो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न सुरु गरेको हेल्लो हेल्थ सेवामा २४ घण्टाभित्रै २२ वटा गुनासो आएका छन् । सबैभन्दा धेरै बिमासम्बन्धी गुनासो छन् ।

सोमबार अपराह्न ४ बजेदेखि सुरु भएको हेलो हेल्थ सेवामा आज ४ बजेसम्म २२ वटा गुनासो आएका छन् । स्वास्थ्य बिमाको सेवा नपाएको, सहज औषधि नपाएको, शल्यक्रियाका लागि लामो समय कुर्नुपरेको र स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नभएको भन्ने जस्ता गुनासा नागरिकले गरेका छन् ।

हेल्लो हेल्थ सेवामा आएका गुनासो जतिसक्दो चाँडो सम्बोधनको पहल गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नि:शुल्क कल सेन्टर १११५ मा बिहान ८ देखि बेलुका ८ बजेसम्म गुनासो गर्न सकिने व्यवस्था गरेको हो । यसबाहेक भाइबर, ह्वाट्सएप तथा इमेलमार्फत पनि गुनासो गर्न सकिने मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement