जलनका सबै बिरामीको उपचार निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

कार्तिक २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलनका सबै बिरामीको उपचार निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभएको छ ।

चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन बिरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाइ थियो । 

मंगलबार अपराह्न जलन पीडितहरुसँगको छलफलमा उहाँले जलन पीडितका लागि उपचार सेवाको विस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताउनु भयो । हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्‍याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ कि कस्मेटिक बाहेक जलनका सबै बिरामीको उपचार शुल्क मन्त्रालयले बेहोर्छ । त्यसअनुसार व्यवस्थापन गर्नु/गराउनु भनेर हामीले सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरिसकेको अवस्था छ । यो वर्षका लागि मन्त्रालय आफैले स्रोत सुनिश्चित गरेको छ । आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ ।

मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुर्याउने सम्भावना नभएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा जलन पीडितहरुले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेल्नुभएको भुमिकाको प्रशंसा गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement