उपराष्ट्रपति यादव अस्पताल भर्ना

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

हर्नियाको शल्यक्रियाका निम्ति उहाँ मङ्गलबार साँझ भर्ना हुनुभएको हो । उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उहाँको आज शल्यक्रिया गरिने छ ।

उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नुहुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.