सार्वजनिक बिदामा पनि ओपीडी चलाउनु पर्ने निर्णय फिर्ता लिन सरकारलाई चिकित्सक संघको माग

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक बिदामा पनि ओपीडी चलाउनु पर्ने निर्णय फिर्ता लिन सरकारलाई चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाको दिन पनि अस्पतालहरुमा ओपीडी सञ्चालन गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।

मानवताको दृष्टिले पनि अव्यवहारिक र अवैज्ञानिक भएकाले यो निर्णय तत्काल फिर्ता लिन संघले माग गरेको हो । संघले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा २०४८ साल यता दरबन्दी नथपिएको तथा स्वास्थ्यकर्मीको शारीरिक तथा मानसिक स्वास्थ्यको समेत बेवास्ता गर्दै सरकार निर्णय गरेकाले खारेज गर्न माग गरेको हो ।

सरकारले सार्वजनिक बिदाका दिन पनि बहिरंगसहित अस्पतालबाट प्रवाह गर्ने निर्णय ८ महिना अघि नै गरेको थियो । तर कार्यान्वयन भएको थिएन । यही भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै निर्णय कार्यान्वयन गर्न ताकेता गरेको थियो ।

अन्योलकै बीच मन्त्रालयले अस्पतालहरुमा सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्न आग्रहसहित परिपत्र गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement