हिमाली जिल्लामा समेत डेंगी संक्रमण बढ्यो

भाद्र १७, २०८१ |दीपेन्द्र शाक्य
हिमाली जिल्लामा समेत डेंगी संक्रमण बढ्यो

संखुवासभा । विगतमा तराईमा मात्र देखिने किटजन्य संक्रमण डेंगी अहिले पहाडी र हिमाली जिल्लामा समेत फैलिएको छ । वर्षायाम सुरु भएयता कोशी प्रदेशको संखुवासभा लगायत हिमाली र पहाडि जिल्लामा डेंगीका संक्रमित बढेका छन् । डेंगी संक्रमणकै कारण यस वर्ष झापामा एक जनाको मृत्यु भएको छ ।

भोजपुरको षडानन्द नगरपालिकाका विमल पराजुलीलाई एक्कासी ज्वरो आएपछि जिल्ला अस्पताल संखुवासभा परीक्षण गराउादा डेंगी पुष्टि भयो । अहिले पनि जिल्ला अस्पतालमा उपचार गराउन आउनेहरुलाई फाट्टफुट्ट डेंगी संक्रमण देखिन गरेको छ । साउन यतामात्रै संखुवासमामा ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । गत वर्ष संखुवासभा र भोजपुरका उत्तरी क्षेत्रका १७ सय १५ जनामा डेंगी संक्रमण भएको थियो ।

समुन्द्री सतहबाट १ हजारदेखि १४ सय मिटरको उचाइमा रहेको बजार क्षेत्रमै डेंगी देखिन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । गएको वैशाखयता कोशी प्रदेशका १४ जिल्ला मध्ये सबैभन्दा बढी मोरङमा ४ सय १२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १, भोजपुरमा ६६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङमा ५, पााचथरमा ४ र तेह्रथुममा २ जनामा संंक्रमण देखिएको छ । डेंगीका कारण झापामा एक जनाको मृत्यु भएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगी कसरी हिमाली र पहाडि जिल्लामा पनि फैलियो भन्ने एकीन भएको छैन । यातायातका साधन हुँदै लामखुट्टे चिसो ठाउामा पुगेको हुनसक्ने बताइएको छ । लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् ।

पछिल्ला दिनमा पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण नियन्त्रण गर्न प्रदेश र स्थानीय सरकारले बेलैमा ध्यान नदिने हो भने यसले अझ गम्भीर रुप लिन सक्ने चिकित्सकहरु बताउँछन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement