रोल्पामा चार जनामा हैजा पुष्टि

भाद्र १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
रोल्पामा चार जनामा हैजा पुष्टि

रोल्पा । रोल्पाका चार जनामा हैजा पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको नमुना परिक्षणका क्रममा रोल्पा नगरपालिका-१० धवाङका चार जनामा हैजा पुष्टि भएको निर्देशक राजेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

यही भदौ सात गते रोल्पा अस्पतालमा उपचारका लागि आएका पाँच जना बिरामीमा हैजाको लक्षण देखिएपछि अस्पतालले नमुना संकलन गरी प्रयोगशालामा पठाएको थियो । हैजा पुष्टी भएका ८० वर्षीया महिला र बाँकी तीन जना एउटै परिवारका बालक र दुई युवती हुन् ।

दूषित पानीका कारण हैजा संक्रमण भएको रोल्पा अस्पतालले जनाएको छ । हैजा पुष्टी भएका बिरामीहरु अहिले उपचारपछि घर फर्किसकेका छन् । हैजाको शङ्कापछि स्वास्थ्यकर्मीहरु ढवाङ गाउँमा नमुना संकलनका लागि गएको तर, शङ्कास्पद बिरामी कोही नरहेको जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement