मेडिसिटी अस्पतालमा वात्सल्य हेल्थ केयर क्लिनिक सञ्चालनमा

भाद्र १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेडिसिटी अस्पतालमा वात्सल्य हेल्थ केयर क्लिनिक सञ्चालनमा

काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा वात्सल्य हेल्थ केयर क्लिनिक सञ्चालनमा ल्याइएको छ ।

निसन्तान दम्पतिको उपचार गर्ने उद्देश्यले वात्सल्य हेल्थ केयरले यो सेवा सञ्चालनमा ल्याएको हो । उक्त हेल्थ केयरको उद्घाटन गर्दै अस्पतालका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोले निसन्तानहरुले राम्रो स्वास्थ्य सेवा पाउने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ प्रजनन विशेषज्ञ डाक्टर आकृति भारतीले वात्सल्य हेल्थ केयरले अत्याधुनिक सेवामार्फत कुनै पनि महिलालाई आमा बन्ने अवसर दिने बताउनुभयो ।

वात्सल्य हेल्थ केयरले देशका विभिन्न स्थानमा यो सेवा सञ्चालन गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement