काठमाडौं । पौष्टिक आहारको कमीले दक्षिण एसियामा कुपोषण निर्मूल हुन नसकेको निष्कर्ष एक अध्ययनले निकालेको छ ।
अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थानले काठमाडौंमा सार्वजनिक गरेको स्वस्थ आहार र पोषणको लागि खाद्य प्रणालीसम्बन्धी प्रतिवेदनले महिला र बालबालिकालाई अझ बढी पौष्टिक आहारको अभाव देखाएको छ ।
संस्थानले सन् २०२४ को दक्षिण एसिया क्षेत्रीय खाद्य नीति पनि सार्वजनिक गरेको छ । विश्वका अन्य क्षेत्रहरूमा समेत कुपोषणलाई निर्मूल पार्ने चुनौती रहेको भन्दै कार्यक्रमका वक्ताहरूले कुपोषण निर्मूल गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए ।