काठमाडौंका अस्पतालै बिरामी (फोटो फिचर)

सूचनाका रुपमा राखिएका प्लेकार्ड, पुराना स्वास्थ्य सामग्रीहरु असरल्ल
माघ ६, २०८० |न्युज एजेन्सी नेपाल
काठमाडौंका अस्पतालै बिरामी (फोटो फिचर)

काठमाडौं । मानिसहरु बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरु स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।

गुणस्तरहीन खानेकुरा, दूषित खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरु धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरु केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्यचौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नैपर्ने बाध्यता छ । स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन ।

स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरु हेर्दा लाग्छ, काठमाडौं उपत्यकाका केही अस्पतालहरु आफैँ बिरामी छन् । अस्पतालको परिसरमा बिरामी कुरुवाहरुका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरु, पुराना स्वास्थ्य सामग्रीहरु यत्रतत्र फालिएको देख्न सकिन्छ ।

अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । अस्पतालेको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै । हेरौं थप तस्बिर :


Image

न्युज एजेन्सी नेपाल

कान्तिपुर टेलिभिजन न्युज एजेन्सी नेपालको आधिकारिक ग्राहक हो ।


Enter Kantipur TV HD
Advertisement