५० शय्याको रोल्पा अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर

मंसिर २१, २०८० |कान्तिपुर टीभी संवाददाता
५० शय्याको रोल्पा अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर

रोल्पा । नयाँ भवनबाट सेवा दिइरहेको ५० शय्याको रोल्पा अस्पतालमा एकजना पनि विशेषज्ञ डाक्टर नहुँदा बिरामीले समस्या बेहोर्नुपरेको छ ।

लुम्बिनी प्रदेश सरकार मातहतको अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर आठौं तहको निमित मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चान हुँदै आएको छ ।

विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका सुत्केरी सेवा तथा बाल रोग, नाक-कान-घाँटी, छालाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । चारजना मेडिकल अधिकृतको दरबन्दी भएको रोल्पा अस्पतालमा अहिले दुईजना मेडिकल अधिकृत डाक्टर मात्र छन् ।

भौगोलिक विकट रहेको रोल्पामा विशेषज्ञ डाक्टर नहुँदा यहाँका बासिन्दा उपचारका लागि दाङ, बुटवल, नेपालगन्ज, काठमाडौं धाउनुपर्ने बाध्यता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.