विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा ५१.३६ प्रतिशत उत्तीर्ण

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा ५१.३६ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता अर्थात लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलले मंसिर १५ गते शुक्रबार लिएको परीक्षामा १८३ जना सहभागी भएकामा ९४ जना अर्थात ५१.३६ प्रतिशत पास भएको जनाएको छ । परीक्षामा ८९ जना अर्थात् ४९ प्रतिशत फेल भएका छन् ।

यसै वर्षको साउनमा लिएको विशेषज्ञ लाइसेन्स परीक्षामा भने ४८.३३ प्रतिशत परीक्षार्थी पास भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.