सार्वजनिक बिदामा पनि बेनी अस्पतालको ओपीडी खुल्ने

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
सार्वजनिक बिदामा पनि बेनी अस्पतालको ओपीडी खुल्ने

म्याग्दी । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालले सार्वजनिक बिदाका दिनमा समेत बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म ओपीडी सेवा सञ्चालनमा ल्याएको छ ।

बेनी अस्पतालले स्वास्थ्यकर्मीको साप्ताहिक कार्य अवधि ४२ घण्टामा थप भार नपर्ने गरी चौबीसै घण्टा ल्याब, फार्मेसी, बिलिङ र एक्सरे सेवासहित १३ घण्टा मेडिकल अफिसर रहने ओपीडी सेवा सुरु गरेको हो ।

यसका लागि अस्पताल व्यवस्थापन समितिले आर्थिक स्रोत बेहोर्ने गरी २ जना मेडिकल अफिसर र दुईजना सहयोगीको व्यवस्था गर्ने भएको छ । १३ घण्टा ओपीडी सेवा सुरु गरेपछि विद्यार्थी, कर्मचारी, ज्याला-मजदुरीमा गर्ने बिरामी लाभान्वित भएका छन् । आठजना कन्सल्टेन्टसमेत ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको बेनी अस्पतालमा अहिले एक दरबन्दीका र दुईजना छात्रवृत्ति करारका गरी तीनजना कन्सल्टेन्ट डाक्टर कार्यरत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.