काठमाडौं । आवासीय चिकित्सकहरुले तीन दिनदेखि आन्दोलन जारी राख्दा देशैभरका ठूला अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।
चिकित्सकहरुमाथि आक्रमणका घटना बढेको भन्दै आवासीय चिकित्सकहरु मंगलबारदेखि आन्दोलनमा छन्। दोषीमाथि कारबाही हुनुपर्ने, सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्नेलगायत माग राखी आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिँदा राजधानीकै ठूला अस्पतालका ओपीडी सेवा बन्द भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामी त्यसै फर्कनुपरेको छ ।
आवासीय चिकित्सहहरुको आन्दोलनमा चिकित्सक संघ, इन्टर्नका चिकित्सक तथा एमबीबीएस पढ्दै गरेका विद्यार्थीले पनि समर्थन जनाएका छन् ।
नेपाल चिकित्सक संघले चिकित्सकहरुले काम गर्ने वातावरण बनाउन र यसअघि भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न माग गरेको छ ।
तीन दिनयता आन्दोलनरत चिकित्सक र सरकारी प्रतिनिधिबीच पटक पटक छलफल भए पनि सहमति भने हुन सकेको छैन ।