गर्मीसँगै किटजन्य रोगको संक्रमण बढ्यो

जेष्ठ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
गर्मीसँगै किटजन्य रोगको संक्रमण बढ्यो

काठमाडौं । चर्को गर्मीसँगै नेपालमा किटजन्य रोगको संक्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत १ महिनामा १ सय ९ जनामा डेंगी संक्रमण देखिएको छ ।

लामखुट्टेको टोकाइले हुने डेंगी संक्रमणकै कारण अहिलेसम्म कोही पनि अस्पताल भर्ना हुनु नपरे पनि जोखिम बढ्दै गएको महाशाखाको भनाइ छ ।

यस्तै डेंगीसँगै मुसा लगायतमा पाइने किर्नाले गराउने स्क्रब टाइफसका ९९ संक्रमित भेटिएका छन् भने हैजाको जोखिम पनि बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

थप भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.