स्वास्थ्य मन्त्रालयको आग्रह- विपन्नको शय्या र बेवारिसे बिरामीको नि:शुल्क उपचार गर्नू

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य मन्त्रालयको आग्रह- विपन्नको शय्या र बेवारिसे बिरामीको नि:शुल्क उपचार गर्नू

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सम्पूर्ण सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई कुल शय्याको १० प्रतिशत छुट्याई विपन्न, असहाय तथा बेवारिसे बिरामीको नि:शुल्क उपचार गर्न आग्रह गरेको छ ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० मा यो व्यवस्था भए पनि मन्त्रालय मातहतका निकायमार्फत नियमित तथा आकस्मिक अनुगमन गर्दा मापदण्डअनुरुप नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै अस्पतालमा पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम् पारिश्रमिकसमेत उपलब्ध नगराएको लगायत गुनासा आएकाले प्रचलित कानुनमा व्यवस्था भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा पालना गर्न स्वास्थ्य स‌ंस्थाहरुलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.