सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने एचपीबी खोप ल्याउने

जेष्ठ १४, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने एचपीबी खोप ल्याउने

काठमाडौं । महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न सरकारले त्यस विरुद्धको एचपीबी खोप ल्याउने भएको छ ।

सरकारले असारभित्र २० हजार एचपीबी खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । यसका लागि खरिद प्रकिया अघि बढिसकेको छ । तर खोप कसलाई दिने भन्ने बारे टुङ्गो लागिसकेको छैन । खोप आएपछि प्राथमिकता निर्धारण गरिने विभागको भनाइ छ । यो खोप सरकारले नि:शुल्क दिनेछ ।

खोप लगाएकाहरुमा ह्युमन प्यापिलोमा भाइरसले भविष्यमा गराउने पाठेघरको मुखको क्यान्सरको जोखिम ७० प्रतिशत कम गर्छ । ९ वर्षदेखि ४५ वर्ष उमेर समूहका महिलालाई यो खोप लगाउन मिल्ने भए पनि ९ देखि २६ वर्षभित्र लगाउँदा बढी प्रभावकारी हुने चिकित्सक बताउँछन् ।

यो खोप नेपालका विभिन्न अस्पतालमा उपलब्ध भए पनि निकै महंगो छ भने जानकारीको अभावमा लगाउनेको संख्या निकै कम छ । त्यस बाहेक समय/समयमा स्क्रिनिङ गरेमा ५ देखि १५ वर्ष अघि नै पाठेघरको मुखको क्यान्सर गराउने भाइरस भए/नभएको पत्ता लगाइ रोकथाम गर्न सकिने चिकित्सक बताउँछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.