बर्दियामा रेबिजबाट दुईको मृत्यु, १४ सय जनालाई रेबिज विरुद्धको खोप

वैशाख ३१, २०८० |कमल पन्थी
बर्दियामा रेबिजबाट दुईको मृत्यु, १४ सय जनालाई रेबिज विरुद्धको खोप

बर्दिया । बर्दिया सदरमुकाम गुलरियामा वैशाख महिनामा रेबिजबाट दुईजनाको मृत्यु भएको छ ।

बहुला कुकुरको टोकाइमा लापरबाही गर्दा रेबिज लागेर गत साता गुलरिया ५ का सात वर्षीय र तीन साताअघि गुलरिया ९ का २३ वर्षीय युवाको मृत्यु भएको जिल्ला अस्पताल बर्दियाले जनाएको छ । सो घटनापछि दैनिक ३५ जनाजति व्यक्ति रेबिजविरुद्ध खोप लगाउन अस्पताल आउने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले जानकारी दिए ।

बर्दियामा चालु आर्थिक वर्षमा बहुला कुकुरको टोकाइबाट पाँचजनाको मृत्यु भइसकेको छ । गत साउनयता जिल्लामा १४ सय जनाले रेबिजविरुद्धको खोप लगाएका छन् । मागअनुसार खोप अभाव उपलब्ध नभएको अस्पतालले जनाएको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।