पशुमा फैलियो ‘लम्पी स्किन’ संक्रमण

वैशाख २८, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुमा फैलियो ‘लम्पी स्किन’ संक्रमण

ओखलढुंगा । ओखलढुंगाका चारवटा स्थानीय तहमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग फैलिएको छ ।

सिद्धिचरण नगरपालिका, चिशंखुगढी, मोलुङ र सुनकोशी गाउँपालिकामा लम्पी स्किनको महामारी फैलिएको हो ।

अहिलेसम्म ६६३ गाईगोरु र भैंसीमा यो रोग देखिएको छ भने ६ वटा गाईगोरु मरेको स्थानीय तहका पशु शाखाहरूले जनाएका छन् ।

यस्तै पाँचथरमा पनि आठवटै पालिकाका पशुमा लम्पी स्किनको प्रकोप फैलिएको छ । हालसम्म पाँच हजार पशुचौपाया प्रभावित भएकामा २२ वटा मरेको पशुसेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.