गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी

माघ २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गरेका छन् ।

गेटा मेडिकल कलेजको मोडालिटीबारे सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

फागुन १ देखि विकास आयोजनाहरुको अनुगमन र निरीक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले विकास आयोजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए । ‘मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको थिएँ,’ उनले भने, ‘गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement