नेपाल इन्टरनेसनल वुमेन्स फिल्म्स फेस्टिबल हुँदै

मंसिर ३, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल इन्टरनेसनल वुमेन्स फिल्म्स फेस्टिबल हुँदै

काठमाडौं । इन्टरनेसनल एसोसिएसन अफ वुमेन इन रेडियो एन्ड टेलिभिजन (आईएडब्ल्यूआरटी) को आयोजनामा मंसिर ९ गते तेस्रो नेपाल इन्टरनेसनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिबलमा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको उपस्थिति रहनेछ ।

महोत्सवमा नेपाललगायत विभिन्न देशका महिला निर्देशकको सहभागिता रहनुका साथै विभिन्न महिला निर्देशकले निर्देशन गरेका सिनेमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा आईएडब्ल्यूआरटी नेपाली सर्ट मुभी कम्पिटिसनका विजेताहरुलाई अवार्ड प्रदान गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.