‘आदिपुरुष’ को पर्खाइमा दर्शक, हरेक शोमा सिनेमा हलको १ सिट खाली

जेष्ठ २५, २०८० |कान्तिपुर टीभी संवाददाता
‘आदिपुरुष’ को पर्खाइमा दर्शक, हरेक शोमा सिनेमा हलको १ सिट खाली

काठमाडौं । बलिउड चलचित्र ‘आदिपुरुष’ को लागि एक हप्ताको पर्खाइमा दर्शकहरु रहेका छन् । जुन १६ अर्थात अर्को महिना असार १ गतेदेखि रामायणको कथामा आधारित चलचित्र ‘आदिपुरुष’ प्रदर्शन हुन लागेको हो ।

बलिउड अभिनेता प्रभाषका लागि यो जुन महिना विशेष हुन लागेको छ । प्रभाष स्टारर चलचित्र ‘आदिपुरुष’ लाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।

चलचित्रमा प्रयोग भएको भीएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडियो गेमसम्म प्रयोग गरिएको छ । ‘आदिपुरुष’ प्रदर्शन हुनुभन्दा पहिला निर्माण समूहले सिनेमा देखाउने क्रममा हरेक सिनेमा हलको एउटा सिट खाली राख्ने निर्णय गरेका छन् । उक्त सिट भगवान हनुमानका लागि छुट्टाइएको निर्माण समूहले जनाएको छ । हनुमानको भूमिका मराठी अभिनेता देवदत्त नागेले निर्वाह गरेका छन् ।

यो चलचित्रमा प्रभाषले रामको भूमिका निर्वाह गरेका छन् भने सीताको भूमिकामा कृति सेनन छिन् । रावणको भूमिकामा सैफ अली खान छन् । साथै आदिपुरुष ठूलो बजेटको चलचित्र हो । ५०० करोड भारतीय रुपैयाँमा बनेको चलचित्रका हनुमान सबै सिनेमा हलमा भने पुग्न सक्ने छैनन् । चलचित्रमा मात्र पात्रको भूमिकामा रहेको ‘आदिपुरुष’का निर्देशक तथा लेखक ओम राउतले जनाएका छन् ।

चलचित्र निर्माण समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘जब–जब रामायणको पाठ गरिन्छ, तब–तब भगवान हनुमान प्रकट हुन्छन् । यो हाम्रो विश्वास हो । यही आस्थालाई सम्मान गर्दै आदिपुरुषको हरेक शोको क्रममा एउटा सिट खाली राखिने छ । भगवान रामका सबैभन्दा ठूलो भक्तलाई सम्मान दिन इतिहास सुन्नु पर्छ । यो महान् कार्यको शुरुवात हामीले अज्ञात तरिकाले गरेका छौँ । हामी सबैले भगवान हनुमानको उपस्थितिमा आदिपुरुषलाई भव्यताका साथ हेर्नु आवश्यक छ ।’

चलचित्र ‘आदिपुरुष’ तेलुगु, तमिल, हिन्दी, मलयालम तथा कन्नड भाषामा रिलिज गरिने छ । भव्य तयारीका साथ चलचित्रको टिजर सार्वजनिक भएपछि सेफ र प्रभासको लुकलाई लिएर धेरै विवाद र ट्रोल बनेको थियो । चलचित्रको भीएफएक्सप्रति खिल्ली उडाइएको थियो, जसकारण निर्माताले भीएफएक्समा दोहोराएर काम गरेका थिए । अब आदिपुरुषलाई दर्शकले कति मन पराउँछन्, त्यो हेर्न बाँकी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement