निशा शर्मालाई प्रश्न : नाटक जिन्दगी हो कि जिन्दगी नाटक ?

फाल्गुन ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
निशा शर्मालाई प्रश्न : नाटक जिन्दगी हो कि जिन्दगी नाटक ?

निशा शर्मा नेपाली रंगमञ्चको स्थापित नाम हो । आफ्नो जीवन नै रंग क्षेत्रमा बिताएकी उनले दर्जनौं नाटकमा अभिनय गरेकी छन् । ‘पुतलीको घर’, ‘अग्निको कथा’ उनी अभिनित चर्चित नाटक हुन् ।  

उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति जिम्मेवारी समाल्हेकी छन् । उनी प्रतिष्ठानको पहिलो महिला कुलपतिसमेत हुन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम गुड मर्निङ कान्तिपुरमा सबिना कार्कीले रंगकर्मी तथा कुलपति शर्मासँग रंग क्षेत्र, उनको अनुभव, यस क्षेत्रमा उनका उचार–चढाव, संघर्षलगायतका विषयमा कुराकानी गरेकी छन् । प्रस्तुत कुराकानीको सम्पादित अंश :

नाटकमा लागि राख्न एकदमै ठूलो तपस्या चाहिन्छ भन्छन् । जो कोहीले सक्दैन भन्छन् । तपाईं आफ्नो यात्रालाई कसरी व्याख्या गर्नुहुन्छ ?

त्यो नाशा जस्तो थियो सुरुमा थाहा पनि थिएन । नाटकमा लागियो लागेपछि विवाह भयो । विवाहपछि बच्चा भयो । उतार-चढाव पागलपन जस्तो हिन्दीमा ‘जुनुन’ भन्छ नि । त्यो नै दिमागमा थियो । नाटक गर्ने नै भन्ने मात्र थियो । दु:ख पाइयो । खान पाइएन, भोकै बसियो अब त नगर्ने नाटक भन्यो फेरि दुई-तीन महिना नाटक नगरेपछि स्टेज देख्नासाथ एक्लै गएर डाइलग बोलौं जस्तो, एक्लै एक्टिङ गरौंंजस्तो हुने के । अहिले पनि मलाई त्यस्तै हुन्छ । स्टेज देख्दा डाइलग बोलौं, एक्ट गरौं जस्तो हुन्छ । ड्रग्रिस्ट नासा छोड्न सक्दैन भन्छ नि नाटक पनि त्यही हो । उतारचढाव हुँदा पनि बीचमा छोड्न सकिएन ।

कुनै बेलाचाहिँ नाटक गर्दिनँ भन्ने सोच आयो ?

आयो । जब हामीले सडकबालबालिका २२ जनालाई होस्टेल खोलेर राखेका थियौं । हामीले बिहेको गहना बेचेर सपाट मागेर एउटा सानो जग्गा किनेको थियौं । त्यो बेचेर उनीहरूलाई ‘इस्ट्याबलिस’ गर्नुपर्‍यो । कसैलाई घर पठाउनुपर्‍यो । कसैलाई काम दिलाउनु पर्‍यो । पछि त मेरो छोरालाई दूध किन्न पैसा पनि नहुने अवस्था आयो । बच्चा भोकै । त्यसबेला चाहिँ मलाई यो बेक्कारको हो छोडौं भन्ने लाग्यो । मेरो सरोज भिनाजु अमेरिकामा हुनुहुन्थ्यो । उहाँले बोलाउनुभयो । पर्दैन, आऊ यो नाटक साटक बरु यहीँ गरौंला भन्नुभयो । म अलि ज्याद्रो नै छु । म लडेर यो देशमा बस्छु तर छोडेर जान्नँ । म हकले लडेर बस्छु । चाहे जति दु:ख होस् । मैले ब्युटी पार्लरको तालिम पनि लिएँ जानका लागि ।

त्यहाँ गएर केही काम पनि गर्नुपर्‍यो । अर्को हप्ता ‘अप्लाई’ गर्ने भनेर सबै कागज पत्र तयार पनि गरियो । अनि कसले उस्काइ दिएछ सुनीलजी आएर तिमीले मलाई यत्रो वर्ष साथ दियौं अब दुई वर्ष साथ देऊ भन्नुभयो । उहाँको गुरुकुल खोल्ने ठूलो सपना थियो । दुई वर्ष साथ देऊ म काम गरिहेर्छु त्यसमा केही भएन भने तिमी जे भन्छौ म त्यही गर्छु भन्नुभयो । हामीले फेरि संघर्ष गर्‍यौं । जग्गा खोज्यौं । बानेश्वरको डाँडो भेटियो । पाँच वर्ष लाग्छ जस्तो लागेको थियो हामीलाई तर दुई वर्षमा नै हाम्रो राम्रो भयो । मान्छेहरूले रुचाउन थाले, कलेजका आउन थोले, युर्निभर्सिटीका विद्यार्थी आउन थाले, प्रोफेसरहरूले रुचाउन थाले, उहाँहरूले सहयोग गर्नुभयो । तपाईंहरूलाई थाहै छ नाटक अहिले यहाँसम्म आइपुग्यो ।

आफ्नो यात्राको ‘बेस्ट पार्ट’ चाहिँ के लाग्छ ?

जिन्दगीलाई बुझेँ । सुनीलजी र म कुरा गर्दा गर्दै डाइलगहरू मिसिन्छ के । अनि यो त ला फलानो नाटकको डाइलग होइन भन्छौं । खासमा जिन्दगीलाई हेरेर नै नाटक लेखेको हो नि त होइन । हामीलाई त यो भयो कि ‘नाटक जिन्दगी हो कि जिन्दगी नाटक हो ?’ र बेस्ट पार्ट भनेको मेरो छोराले मलाई यति माया गर्छ यति सपोर्ट गर्छ । सुनीलजी त हुनु नै हुन्छ । मेरो क्षेत्रमा लाग्दा पनि मेरो परिवारले मलाई जसरी सपोर्ट गर्‍यो राम्रो नराम्रो जस्तो गर्दा पनि उहाँहरू खम्बा जसरी उभिनुभयो । त्यो नै मेरो बेस्ट पार्ट हो ।

तपाईं धेरै जस्तो महिला सशक्तीकरण, महिलासँग जोडिएका, चेतनाका पात्र नै छान्नुहुन्छ । तपाईंलाई त्यही लेखिन्छ कि डिमान्ड गर्नुहुन्छ ?

त्यो आइपरेको हो । एकचोटि मैले डा. अभि सुवेदी दाइलाई भनेको थिएँ- दाइ म कति घर छोडेर जाने, देश छोडेर जाने, जति खेर पनि छोडेर जाने । ‘पुलतीको घर’मा म घर छोडेर जान्छु, उहाँले लेख्नुभएको ‘आरुको फूलको सपना’मा म देश छोडेर जान्छु । अर्को कथामा पनि म गुम्बा छोडेर जान्छु । मेरो लागि केही लेख्नुस् न भन्थें म । उहाँले म अब सोच्छु भन्नुभएको थियो ।  त्यो आइलागेको हो मलाई । थाहा नपाएर मैले महिलाहरूको पीडा, महिलाहरूले भोगेको कष्टका बारे भूमिका गरिरहेको रहेछु मैले ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.