साहरुखको फिल्म ‘पठान’ले पाँच दिनमा कमायो ५०० करोड

माघ १७, २०७९
साहरुखको फिल्म ‘पठान’ले पाँच दिनमा कमायो ५०० करोड

नयाँदिल्ली । साहरुख खानको फिल्म ‘पठान’ ले पाँच दिनमा ५२३ करोड रुपैयाँ कमाइ गरेको छ ।

चार वर्षपछि ‘पठान’ मार्फत बलिउडमा देखिएका साहरुखको खुसी र प्रतिक्रियाबाट पनि अनुमान लगाउन सकिन्छ कि उनको कमब्याक दमदार देखिन्छ ।

उनको फिल्मलाई दर्शकको चौतर्फी प्रशंसा आउन थालेपछि हिजो सोमबार साँझ मात्र उनले पत्रकार सम्मेलनमार्फत आफ्नो खुसी सार्वजनिक गरेका हुन् । जहाँ उनले रंगपत्रकारबीच सवाल-जवाफ पनि खुलेर गरेको पाउन सकिन्छ ।

पत्रकार सम्मेलनमा साहरुख आफ्नो पुरानै लयमा प्रस्तुत भए । रमाइलो, ठट्टासँगै आएका प्रश्नहरुको चोटिलो जवाफ दिन पनि भ्याए ।

पत्रकार सम्मेलनमा साहरुखले भने । ‘हामी सबैको जीवनजस्तै केही राम्रा र केही नराम्रो अवस्थामा रहें । मेरा लागि पनि यो अवसर यस्तै नै बन्यो,’ उनले भने ।

‘चार दिनमा बितेका ४ वर्ष भुलिसकें’

उनले ‘पठान’ को लोकप्रियताका कारण विगतका पीडा भुलें । उनले आफूले जनतामा खुसी बाँड्न सकूँ भनेर कामना पनि गरे । ‘मेरो मनदेखि नै इच्छा थियो कि मैले जनतामा खुसी बाँड्न सकूँ,’ उनले भने, ‘जब म असफल हुन्छु, कसैलाई पनि दु:ख दिँदैनँ । जति ममाथि हुन्छ । यस्तोमा म अहिले एकदमै खुसी छु कि आफ्नो खुसीहरु तपाईंहरुमाझ बाँड्न सकेको छु ।’

शाहरुखले पत्रकार सम्मेलनमा जुन खुसीको कुरा सुनाए त्यो भनेको उनको फिल्म ‘पठान’ को सफलतासँग जोडिएको छ । शाहरुखको खुसी अनुहारमा त झल्कन्थ्यो नै । आम्दानीका हिसाबमा बक्स अफिसमा भएको कलेक्सनमा बहार छाएको थियो । उनले पत्रकारहरुमाझ भने, ‘यी चार दिनमा बितेका ४ वर्ष भुलिसकें ।’

बीबीसी