२० वर्षीय इरानी पुरुष बने विश्वकै सबैभन्दा होचो व्यक्ति

पुस १, २०७९ |कान्तिपुर टीभी संवाददाता
२० वर्षीय इरानी पुरुष बने विश्वकै सबैभन्दा होचो व्यक्ति

काठमाडौं । अफशिन इस्माइल गदेरजादेह विश्वकै सबैभन्दा हाचो व्यक्ति बनेका छन् । उनको उचाइ मात्र दुई फिट १६ इन्च (६४.२४ सेन्टिमिटर) छ ।

२० वर्षीय अफशिन यसअघि सबैभन्दा होचो बनेर विश्व रेकर्ड राख्ने एडवर्ड "निनो" हर्नान्डेजभन्दा सात इन्च होचा छन् ।

अफशिन इनारको पश्चिक अजारबैजान स्थित दुर्गम गाउँ बुकान काउन्टीका हुन् । उनी कुर्दस् र फारसी दुई भाषा बोल्न सक्छन् । उनी २००२ जुलाइमा जन्मिएका हुन् । जन्मदा उनको तौल ७०० ग्राम थियो । अहिले उनी करिब ६.५ किलोग्रामका भएका छन् ।

होचो भएकै कारण उनको जीवन कठीन थियो । शारीरिक बनावटै कारण विद्यालयबाट बञ्चित उनी केही समय अघिमात्र आफ्नो नाम लेख्न सक्ने भएका छन् ।

अफशिनका बुबा इस्माइल गदेरजादेह भन्छन्, ‘निरन्तर उपचार र मेरो छोराको शारीरिक कमजोरी नै उसले पढाइ छाड्नुको मुख्य कारण हो, अन्यथा उसलाई कुनै मानसिक समस्या छैन ।’

अफशिनलाई स्मार्टफन बोक्न पनि गाह्रो पर्छ । उनी भन्छन्, ’मलाई मोवाइल लामो समयसम्म प्रयोग गर्दा भारी महसुस हुन्छ, तर म म्यानेज गर्छु ।’

अफशिन सामान्य परिवारमा जन्मिएका हुन् । परिवारको कडा संघर्ष पनि कहिलेकाहीँ उनको औषधि र उपचारको लागि पर्याप्त हुँदैन । साथै होचो भएकै कारण उनले कुनै नोकरी पाएका छैनन् । सोहीकारण उनले कार्टुन हेरेर र सोसल मिडियामा समय बिताउँछन् ।

लुगा किन्दा पनि उनलाई समस्या हुने गरेको छ । उनलाई ठीक हुने लुगा बच्चाको लागि बनाइएको हुन्छ । आफू २० वर्षीय युवक भएको कारण बच्चाको लुगा मन नपर्ने उनको भनाइ छ । सोही कारणा उनी बजारका रेडिमेड कपडा प्रयोग गर्दैनन् । 

विश्वरेकर्डमा नाम दर्ता भएपछि उनी भन्छन्, ‘गिनिज बुकामा नाम दर्ता गराउने बारे सोच्नु भनेको मेरा लागि सपना जस्तै हो।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement