फायरसाइडमा पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की : 'हाम्रो न्यायालय कति स्वतन्त्र छ ?'

आश्विन २१, २०८१ |रुपेश श्रेष्ठ
फायरसाइडमा पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की : 'हाम्रो न्यायालय कति स्वतन्त्र छ ?'

फायरसाइडको नयाँ अंकमा पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । राज्यका तीन प्रमुख अंगमध्ये न्यायपालिका तुलनात्मक रुपमा स्वतन्त्र र निस्पक्ष रहन्छ भन्ने आम बुझाइ हो । तर नेपालको न्यायालय बेलाबेलामा विवादित र आलोचित हुने गरेको छ ।

कहिले फैसलाका कारण त कहिले न्यायाधीश नियुक्ति विषयलाई लिएर न्यायालयलाई विवादमा मुछ्ने गरिएको छ । न्यायालयमा राजनीतिक हस्तक्षेपको प्रयास पनि हुने गरेको छ । त्यसमा न्यायाधीश र नेपाल बार एसोसिएसनकै भूमिका देखिन्छ । त्यही कारण न्यायालयले निष्पक्ष कार्यसम्पादन गर्न नसकेको भनेर आलोचना हुने गर्छ । त्यसमाथि अन्य क्षेत्रमा जस्तै न्यायपालिकाभित्र विकृति विसंगति बढ्दो छ ।

स्वयम् प्रधानन्यायाधीशले नै पटकपटक न्यायालयभित्रका बेथिति विसंगति हटाउने प्रयास गरेको भन्ने गरे पनि सुधार देखिएको छैन । न्यायपालिका सुधारका लागि भनेर बनाइएका योजना समेत अलपत्र परेका छन्, पटकपटक बनेका समितिहरुले बनाएका प्रतिवेदन र तिनका सुझाव कार्यान्वयन हुन सकेका छैनन् ।

आखिर न्यायपालिकामा कहाँ छ विकृति ? कसले कसरी हटाउने यस्ता विकृति ? राजनीति र सत्ताको छायाँबाट कसरी मुक्त राख्ने न्यायालयलाई ? फायरसाइडको आजको अंकमा हामी पूर्वप्रधानन्यायाधीश कार्कीसँग यीनै प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौं ।


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।


Enter Kantipur TV HD
Advertisement