आयोगको तयारी हेर्दा मतदान गर्न मात्र बाँकी छ : प्रधानमन्त्री कार्की

माघ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
आयोगको तयारी हेर्दा मतदान गर्न मात्र बाँकी छ : प्रधानमन्त्री कार्की
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मतपत्र छपाइको अवस्था र निर्वाचन आयोगको तयारी हेर्दा मतदान गर्न मात्रै बाँकी रहेको बताउनुभएको छ । जनक शिक्षा सामाग्रीमा भएको मतपत्र छपाइको अनुगमनपछि प्रधानमन्त्री कार्कीले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै ढुक्क हुन आग्रहसमेत गर्नुभयो ।

उहाँले निर्वाचन एकै चरणमा हुने र मौसमले पनि साथ दिने बताउनुभयो । साथै समयमै निर्वाचन सम्पन्न गराएर नयाँ प्रतिनिधिसभालाई हस्तान्तरण गर्न आफू आतुर रहेको पनि उहाँको भनाइ थियो ।

त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचन एकै चरणमा हुने दोहोर्‍याउनुभयो । यद्यपि हिमाली जिल्लामा मौसमका कारण मतदान प्रभावित हुने अवस्था आइहाले अस्थायी मतदान केन्द्र तोकेर भए पनि निर्वाचन गर्ने छलफल भइरहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री अर्यालले सुरक्षित निर्वाचन हुनेमा ढुक्क रहन पनि आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.