कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका डंगोलकै अग्रता, एमालेका मानन्धर एक हजार मतले पछि

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका डंगोलकै अग्रता, एमालेका मानन्धर एक हजार मतले पछि

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ हजार १ सय ८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गर्नुभएको छ । पहिलो स्थानका डंगोल र दोस्रो स्थानका मानन्धरबीच १ हजार मतको अन्तर रहेको छ ।

नेकपा(माओवादी केन्द्र)का शिवशरण महर्जनले २ हजार ७ सय ४० तथा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ४ सय ७५ मत ल्याउनु भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.