पुथाउत्तरगंगामा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुथाउत्तरगंगामा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी

रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी हुनु भएको छ । तीन हजार ६ सय २७ मत सहित बुढा विजयी हुनु भएको हो ।

उहाँको निकट प्रतिद्वन्द्वी कांग्रेस-एमालेकी साझा उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत प्राप्त गर्नु भयो ।

गत भदौ २८ गते बागलुङमा जीप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाइएको थियो ।

वडाध्यक्ष पदमा भने एमाले र एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.