राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-४ भुतहीमा पनि जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव निर्वाचित हुनु भएको छ । उहाँले ३ सय ७२ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जोगेन्द्र राय अमातले २ सय ७७ मत ल्याउनुभयो । यस्तै जनतमत पार्टीका उम्मेदवार उदयनारायण पण्डितले २ सय ३१ मत ल्याउनु भएको छ भने नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गर्नुभयो ।
कुल १ हजार ३ सय १९ मतदाता मध्ये उक्त वडामा ९ सय ८५ मत खसेको थियो भने १६ मत मात्रै बदर भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले जानकारी दिनुभयो ।