दोलखा । गौरीशंकर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा बिहानैबाट मतदाता मतदान केन्द्र पुगेका छन् । पालिकाको नौ वडाका १२ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ ।
यहाँ बिहान १० बजेसम्ममा १५ प्रतिशत मत खसेको छ । यहाँ कुल १५ हजार सात सय १८ मतदाता रहेका छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । १२ वटा मतदान केन्द्रमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उपाध्यक्ष पदका लागि सात वटा दल सहित १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।