स्थानीय तह उपनिर्वाचनः बालेनको बढी मत आएको काठमाडौं-१६ मा कस्तो रहला चुनावी प्रतिस्पर्धा ?

मंसिर १२, २०८१ |प्रकाश बम
स्थानीय तह उपनिर्वाचनः बालेनको बढी मत आएको काठमाडौं-१६ मा कस्तो रहला चुनावी प्रतिस्पर्धा ?

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । २०७९ को स्थानीय तह चुनावमा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका मुकुन्द रिजालको निधन भएपछि उपचुनाव हुन लागेको हो ।

भित्री र बाहिरी सहर, पुरानो नेवार बस्ती र बाहिरबाट बसाइँसराइ गरेर आएका मतदाताको मिश्रण यो वडामा छ । यो वडामा बालाजु,माछापोखरी, वनस्थली, म्हैपी, सोह्रखुट्टे, पकनाजोल, नयाँबजारलगायतका क्षेत्र पर्छन्। गत निर्वाचनमा यही वडाबाट ४ वटा वडा सदस्य एमालेले र अध्यक्षमा नेपाली कांग्रेसले जित्दा नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहलाई बढी मत आएको थियो । यसपटक पनि दलीय र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement