मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

मंसिर १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगले आज निर्वाचन हुने ४१ स्थानमा मतपत्र पठाएसँगै निर्वाचनको सम्पूर्ण तयारी सकिएको जनाएको हो । मतपत्र र मतपेटिकालगायत निर्वाचन प्रयोजनका लागि चाहिने सम्पूर्ण सामग्री निर्वाचन कार्यालयहरुमा पठाइसकेको आयोगको भनाइ छ ।

आयोगले आजैदेखि आचारसंहिता उल्लंघनका विषयमा परेका उजुरी र निर्वाचन व्यवस्थापनका लागि जानकारी लिइ तत्कालै समस्या समाधान गर्ने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ ।

यसअघि हिजो आयोगले निर्वाचन हुने दिन सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयहरुमा सार्वजनिक बिदा दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । यस्तै १३ गतेदेखि १६ गतेसम्म मतदान स्थलको रुपमा प्रयोग हुने विद्यालय, वडा कार्यालय, सामुदायिक भवनलगायतका स्थलहरु निर्वाचन प्रयोजनका लागि व्यवस्था मिलाइदिन पनि सरकारलाई आग्रह गरेको छ ।

उपनिर्वाचन हुने ४४ पदमध्ये रुकुममा एक वडाध्यक्ष र ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समितिको सभापतिमा निर्विरोध भएसँगै अब ४१ स्थानमा मात्रै निर्वाचन हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement