स्थानीय तह उपनिर्वाचन : उम्मेद्वारको अन्तिम नामावलीसँगै चुनाव चिन्ह पनि आजै दिइने

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्थानीय तह उपनिर्वाचन : उम्मेद्वारको अन्तिम नामावलीसँगै चुनाव चिन्ह पनि आजै दिइने

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह पनि आजै प्रदान गर्ने छ ।

अन्तिम नामावली प्रकाशन गर्नु अघि आजै उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement