वडाध्यक्ष वैदेशिक रोजगारीमा गएपछि खालि भएको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा यस्ता छन् उम्मेद्‍वार

मंसिर ३, २०८१ |आनन्द गौतम
वडाध्यक्ष वैदेशिक रोजगारीमा गएपछि खालि भएको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा यस्ता छन् उम्मेद्‍वार

ताप्लेजुङ । वडाध्यक्ष वैदेशिक रोजगारीमा गएपछि खालि भएको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर - ३ को उपनिर्वाचनमा प्रमुख पार्टीहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । कुनै उम्मेद्‍वारले नाम फिर्ता नलिए सिरिजङ्गा-३ सिकैचामा हुने उपनिर्वाचनमा क्रियाशील राजनीतिक दल नै आमनेसामने हुनेछन् ।

सिरिजङ्गा-३ मा कांग्रेसले भीम लक्सम, एमालेले कुमारी सावदेन, माओवादी केन्द्रले अम्बी सावदेन, संघीय लोकतान्त्रिक राष्टिय मञ्चले राजेन्द्र काङ्वा र राष्ट्रिय स्वतन्त्र पार्टीले देवीप्रसाद पौडेललाई उम्मेद्धार बनाएको छ । 

कांग्रेसबाटै वडाध्यक्ष जितेका दिलप्रसाद बोखिम वैदेसिक रोजगारीमा भासिएपछि यो वडा मंसिर १६ मा पुनः निर्वाचन हुन लागेको हो । १५ सय २८ मतदाता रहेको यहाँ दुईवटा मतदान केन्द्रमा मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।