इलाम उपनिर्वाचन : ६१ हजार १६९ मत गन्दा सुहाङ नेम्वाङको भागमा २४ हजार ६१८ मत

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाम उपनिर्वाचन : ६१ हजार १६९ मत गन्दा सुहाङ नेम्वाङको भागमा २४ हजार ६१८ मत

इलाम । इलाम-२ उपनिर्वाचनको ६१ हजार १६९ मत गणना गर्दा सुहाङ नेम्वाङले २४ हजार ६१८ मत ल्याउनु भएको छ । उहाँलाई नेपाली कांग्रेसका डम्बर खड्काले ५ हजार ९३४ मतको अन्तरले पछ्याइरहनु भएको छ ।

आँकडाअनुसार खड्काको १८ हजार ६८४ मत छ भने अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको १० हजार ७१६ छ । यस्तै रास्वपाका मिलन लिम्बूले ४ हजार ३६४ मत ल्याउनु भएको छ ।

६१ हजार १६९ मत गणना गरिएकोमा ७८१ बदर भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.