उपनिर्वाचन २०८१ : सुहाङ नेम्वाङको ६ हजार ६२८ मतको अग्रता

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन २०८१ : सुहाङ नेम्वाङको ६ हजार ६२८ मतको अग्रता

काठमाडौं । इलाम- २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । 

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ३८० मत ल्याउनु भएको छ । उहाँलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार ७५२ मतका साथ पछ्याइरहनु भएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार १४६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ हजार ६ सय ३ मत ल्याउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.