इलाम । पछिल्लो मत परिणामअनुसार इलाममा एमालेले अग्रता कायम नै छ ।
इलाममा अहिलेसम्मको मतगणना अनुसार एमालेका सुहाङ नेम्वाङले १९ हजार ६ सय ९७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका डम्बर खड्काले १३ हजार १ सय ९० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३ हजार ३ सय २३ मत प्राप्त गर्नुभएको छ ।
शनिबार सम्पन्न मतदानमा ६९ हजार २ सय ८७ मत खसेको थियो । इलाम-२ मा कुल १ लाख १५ हजार ८८९ मतदाता छन् । इलाम २ मा १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।